अलैंचीका बिरुवा बिक्री नभएपछि नर्सरी व्यवसायी चिन्तामा

काठमाडौ १० पुस । अलैंचीका बिरुवा बिक्री नभएपछि नर्सरी व्यवसायी चिन्तामा परेका छन् । इलामका सबै गाउँपालिकामा किसानले अलैंचीका प्रशस्त नर्सरी बगान स्थापना गरे पनि अहिले नर्सरीमै झाङ बन्न थालेको कारण किसान चिन्तामा परेका हुन ।
  रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले नर्सरीमा लगाएको २६ लाख रुपैयाँ बराबरको नर्सरी समेत बिक्री नभएको बताउनु भएको छ । पछिल्लो समय बिरुवाको माग ह्वात्तै घट्दा धेरैको लगानी डुुबेको सूर्योदय नगरपालिका ११ का नर्सरी सञ्चालक उमेश पौड्यालले बताउनु भएको छ । इलामको तल्लो भेगमा यसअघि मासिएको अलैंचीखेती किसानकै पहलमा पुुनः सञ्चालन भएसँगै बिरुवाको माग बढेको थियो । इलामबाहेक विभिन्न जिल्लामा बिरुवाको माग यस वर्ष ठप्पजस्तै रहेको अलैंची विकास केन्द्र फिक्कलका बागवानी अधिकृत लक्ष्मीनारायाण शर्मा बताउनु भएको छ ।
करिब ७५ प्रतिशत नष्ट भएको भनिएको बगानको आधा क्षेत्रमा जमिन परिवर्तन गरेर गरिएको अलैंची खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेको अलैंची विकास केन्द्र पान्दमका प्रमुुख पदम अधिकारीले जानकारी दिनुभएको छ । इलामका किसानले केही वर्ष अघिदेखि अलैंचीको व्यावसायिक नर्सरी स्थापना गरेर इलामसहित देशका विभिन्न क्षेत्रमा बिरुवा पठाउने गरेका छन् । किसानले वार्षिक दश लाखसम्मको बिरुवा बिक्री गर्ने गरेका थिए ।पछिल्लो समय किसानले आफूलाई चाहिने नर्सरी आफैं स्थापना गर्न थालेपछि यसपटक अलैंचीको बिरुवा भने बिक्री नभएको अधिकृत शर्माले जानकारी दिनुभएको छ ।
 अलैंची विकास केन्द्रले आर्थिक वर्ष ०७२÷७३ मा ६ लाख, आर्थिक वर्ष ०७३÷७४ मा तीन लाखको हाराहारीमा अलैंचीका बेर्ना निकासी गरे पनि आर्थिक वर्ष ०७४÷७५ मा दुुई लाख बेर्ना निकाल्ने लक्ष्य गरिएकोमा एक लाख ६४ हजारमात्र निकासी गरेको थियो । जसमा गत साल एक लाख तीन हजार छिमेकी जिल्ला पाँचथरमा प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका लागि ४० हजार साबिक जिल्ला कृषि विकास कार्यालय इलाम, १० हजार बाजुुरा, १० हजार चितवन र बाँकी जिल्लाभित्रैका किसानलाई प्रतिगोटा पाँच रुपैयाँमा वितरण गरिएको केन्द्रले जनाएको छ ।

 

Comment