घरपझोङ गाउँपालिकाका स्थानीय किसानलाई स्याउ खेती सिकाउदै

काठमाडौं १५ । स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउँपालिकाका स्थानीय किसानलाई स्याउ खेती सिकाउन थालिएको छ । बर्र्सेिन हिउँदयामको पुसदेखि माघ दुई महिना स्याउ कटिङ गर्ने सिजनमा खेती गर्ने तरिका पनि सिकाउने गरिन्छ ।
स्याउ बिरुवा रोपेको दोस्रो वर्षदेखि र फल लाग्ने स्याउका बोट र पात पूर्णरूपमा झरिसकेपछि स्याउ बोटको हाँगा कटिङ गर्ने गरिन्छ । हिउँदयामको समयमा स्याउ बोटको पात झर्ने समय भएकाले पुस र माघ महिना उपयुक्त सिजन भएको वरिष्ठ बागवानी विकास अघिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । 
स्थानीय किसानलाई स्याउ कटिङसम्बन्धी तालिम दिएर फुर्र्सिदलो समयमा व्यावसायिक बनाउने उद्देश्यले घरपझोङ गाउँपालिका ४ को कृष्णगण्डकी कृषक समूहले स्याउ कटिङ तालिम आयोजना गरेको हो । गाउँपालिकाको समन्वय तथा बागवानी विकास केन्द्र मार्फाको प्राविधिक सहयोगमा स्थानीय किसानलाई फिल्डमै पुगेर तालिम दिइएको समूहका अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिनुभएको छ । एकदिने तालिमले गाउँपालिकाका किसान स्याउ कटिङ गर्ने विधि र औषधिको प्रयोगबारे लाभान्वित भएको शेरचनले बताउनु भएको छ ।
स्याउ कटिङ तालिममा बागवानी विकास केन्द्र मार्फाका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारी, स्याउ बगैंचा व्यवस्थापन र स्याउ प्रशोधनसम्बन्धी बागवानीमा २० वर्ष अनुभव प्राप्त गरेका खैरे बुढा मगर र गाउँपालिकाकी नायब प्राविधिक सहायक विष्णु भट्टराईले तालिम दिनुभएको थिए । तालिममा सहभागी ३२ जना सहभागी किसानले स्याउ कटिङ गर्ने तरिकाबारे जानकारी प्राप्त गरेको गाउँपालिकाकी प्राविधिक विष्णु भट्टराईले जानकारी दिनुभएको छ ।
तालिम प्रशिक्षणमा किसानलाई स्याउ कटिङका विभिन्न तरिकाबारे जानकारी गराइएको हो । बिरुवा रोपेको दोस्रो वर्षमा स्याउ कटिङ गर्ने, स्याउ कटिङ गर्दा जमिनबाट दुई फिटभन्दा माथि मात्र हाँगा राख्ने बागवानी विकास केन्द्रका अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार स्याउ कटिङ गर्दा स्याउका हाँगा राख्दा चारैदिशा फैलिने गरी कटिङ गर्नुपर्ने, चारै दिशा नभए जुटको डोरीले जमिनमा किलो गाडेर हाँगालाई नियन्त्रणमा राख्नुपर्ने, कटिङ गर्दा भएका ठूला ठूला घाउ बोडो पेस्ट बनाएर लगाउने, कटिङ गरिएका हाँगा र ठुटाको व्यवस्थापन गर्ने, फल फल्ने छोटा मुनाहरू नहटाउने, कटिङ गरेपछि पुरै बोट भिज्नेगरी बोडो मिश्रण स्प्रे गर्ने र काटेका ठूला घाउ र फेदमा बोडो पेस्ट बनाई लगाउने अधिकारीले जानकारी दिनुभएको छ । स्याउ बिरुवाको हेरचाह र उत्पादनमुखी बनाउन स्याउको कटिङ र प्रकोप नियन्त्रणमा ध्यान पु¥याउनुपर्नेबारे सहभागी किसानलाई जानकारी गराइएको थियो । बागबानी केन्द्रका वरिष्ठ अधिकृत अधिकारीले मुस्ताङमा पाँच किसिमका प्रकोप देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्याउका बोटमा स्याउको भुँवादारलाई प्रकोप, पाल बनाउने झुसिल्किरा, स्याउमा लाग्ने रातो सुलसुले र लिफ्ट फोल्टर प्रकोप हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत मुस्ताङका पाँचवटै स्थानीय तहलाई स्याउ जोनमा सूचीकृत गरिएको हो । स्याउको राजधानीले चिनिएकोे मुस्ताङमा स्याउ उत्पादनको मुख्य केन्द्र मार्फालाई लिने गरिएको छ । जलवायु परिवर्तनका कारण उपल्लो मुस्ताङमा पनि स्याउ उत्पादनमा प्रगति भएको स्याउ जोनका सूचना अधिकारी शिवपुजन गुप्ताले जानकारी दिनुभयो ।(आजको राजधानीमा खबर छ ।)

 

Comment