कृषिको सुधार समृद्धिको आधार भन्ने नाराका साथ कृषक समुह महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौमा संचालन

काठमाडौं १३ बैशाख । कृषक समुह महासंघ नेपालले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौमा संचालन गरेको छ । दुई दिन सम्म चल्ने उक्तको कार्यक्रमको शुरुवातमा  हरिहरभवनको कृषि विभागको प्राङगणबाट सातै प्रदेशका कृषि प्रतिनिधिको सहभागीतामा याली निकालिएको थियो ।
कृषिको सुधार समृद्धिको आधार भन्ने नाराका साथ संचालित महाअधिवेशनमा कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाडी खनालले देशको मेरुदण्डको रुपमा रहेको कृषि पेशालाई समानित र मर्यादित बनाउन लागी परेको बताउनु भएको छ । देशको अर्थतन्त्रको प्रमुख माध्यम कृषि भएपनि किसानको फालिएको जीवन हुनु दुखको कुरा भएको समेत बताउनु भएको छ । देशको जनसंख्याको २ तिहाई हिसा ओगटेको कृषि पेशा र किसानलाई हेलाको पेशाको रुपमा रहेको दृष्टिकोण उल्टाउन सरकार लाग्नुपर्ने र लागिरहेको जानकारी दिनुभएको छ । किसान पेन्सन परियोजना लागु गनुपर्ने भन्दै मन्त्री खनालले किसानको वर्गिकरणको माग राख्दै बजेट अर्थमन्त्रालयमा प्रस्ताव गरिसकेको बताउदै सात प्रदेशका सात गाँउपालिकामा भएपनि अहिले किसान परिचय पत्र लागु गनुगर्ने र जब किसानलाई परिचयपत्र प्रदान गर्दा उत्पादनको आधारमा अनुदान दिन सकिने र किसान कहा के गदै छन् र समस्या के छन् भन्ने जस्ता किसान परिचय पत्रमा उल्लेख गर्दा सरकारले परिचय पत्रको आधारमा सहयोग तथा अनुदान दिन सकिने बताउनु भएको छ । सरकारले यसै वर्षदेखि कृषक आवास तालिम परियोजना संचालन गर्न सम्पुर्ण तयारी भर्ई सकेको समेत जानकारी दिनुभएको छ ।
त्यस्तै कार्यक्रममा कृषक समुह महासंघका अध्यक्ष उद्धव अधिकारीले कृषक महासंघले स्थापना देखि हालसम्मको अवधि जन्मन,हुर्कन र फैलिनुमा खर्च गरेको बताउनु भएको छ । अधिकारीले मेहनत र पसिनाको उचित मुल्य नपाई रहेको अवस्थामा किसानको समस्यामा मलम लगाउने काम कृषक समुह महासंघले गर्न सकेको मा खुशी व्यक्त गर्नुभएको छ । 
कृषक समुह महासंघले हालसम्म अर्गानिक पेशालाई प्रोत्साहन, रैथाने औजारको संरक्षण ,राष्ट्रिय धान कार्यक्रम, खाद्य कार्यक्रम ,विषादी न्युनिकरण जस्ता कार्यक्रम गदै आएको बताउनु भएको छ । अधिकारीले किसान वर्गिकरण सहितको परिचय पत्र प्रदान, पशु विमा ,कृषि ऋृण प्रदान, वास्तविक किसानमा अनुदान नपुग्ने , बाझो जमिन व्यवस्थापन, किसानलाई क्षतिपुर्ति दिनसक्ने वातावरण सृजना गर्न आफुहरु लागिपरेको बताउनु भएको छ । 
कार्यक्रममा किसानहरुले सरकारले प्रदान गरेको अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै यसको सहि छानबिन गर्न माग समेत गरेका थिए । 

 

Comment