माहुरी पालनतर्फ युवाहरुको आकर्षण बढ्दै

काठमाडौं ८ पुस । पछिल्लो समय राज्यले माहुरीको क्षेत्रमा अनुदान बढाएसगै माहुरी पालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको छ ।
सानो लगानीबाट व्यवसाय सुरु गर्ने सकिने र आम्दानीसमेत राम्रो हुने भएपछि यसतर्फ दाङका युवाको आकर्षण बढेको हो । जिल्लामा एक वर्षमा १० प्रतिशत माहुरीपालक कृषक बढेको माहुरी पालन महासंघ दाङले जनाएको छ । यसरी बढेका १० प्रतिशतमध्ये ८ प्रतिशत युवा नै रहेको महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले जानकारी दिए । एक वर्षको अवधिमा जिल्लामा व्यावसायिक माहुरीपालन गर्ने १ सय थपिएका छन् । यस वर्ष जिल्लामा करिव ४ सय टन मह उत्पादन भएको माहुरी पालन महासंघ दाङले जनाएको छ ।

 

Comment