पाँचथरको फालेलुङ गाउँपालिकाले दियो अदुवाबाट विभिन्न परिकार बनाउने तालिम

काठमाडौं २५ चैत्र । पाँचथरको फालेलुङ गाउँपालिकाका महिलालाई अदुवाबाट विभिन्न परिकार बनाउने तालिम दिइएको छ ।
महिला जागरण संघ शाखा पाँचथर तथा फालेलुङ गाउँपालिकाको सहयोगमा तालिम दिइएको हो । अदुवाबाट जाम, सिरफ, क्यान्डी, तितौरा, अचार बनाउने तालिम दिइएको हो ।अदुवाले भाउ नपाएर मर्कामा परेका कृषकलाई राहत र्पुयाउने उद्देश्यले तालिम दिइएको आयोजक महिला जागरण संघ शाखा पाँचथरका अध्यक्ष मिना रिजालले जानकारी दिनुभएको छ । तीन दिने तालिममा १८ जना महिला सहभागी थिए । भाउ नआउँदा बारीमै कुहिने तथा खोल्सामा फालिने अदुवा प्रशोधन गरेर बिक्री गर्दा कृषकको जीविकोपार्जनमा सहज हुने संस्थाका कार्यक्रम संयोजक दिलिप चापाँगाईले बताउनु भएको छ ।(इमेज खबर)

 

Comment