बाँकेमा मकै गोडने आधुनिक कृषियन्त्र भित्रिए सगै किसान उत्साहित

काठमाडौं १९ चैत्र । बाँकेमा मकै गोडने आधुनिक कृषियन्त्र भित्रिएको छ । सिमिट इन्टरनेसनको सिसा परियोजनाले मकै गोडने आधुनिक ‘मिनी ट्रिलर उडर’ कृषियन्त्र भित्र्याएको हो । कृषि जनशक्ति अभाव भइरहेका वेला मकै गोडमेल गर्ने कृषियन्त्र भित्रिएपछि उत्पादन लागतमा कमी ल्याउने नेपालगन्ज उपमहानगरपालिका–२३, भज्जुपुर्वाका कृषक मोहम्मद रफिक शेषले बताउनु भएको छ ।।
शेषले मकै गोडने कृषियन्त्र पहिलोपटक देखेको भन्दै अब कृषियन्त्रले समय र जनशक्तिको बचत हुने बताउनु भएको छ  पूर्वतिरका कृषकले पहिलेदेखि नै प्रयोग गरे पनि बाँकेका कृषकलाई जानकारी नभएको कृषक शेषको भनाइ छ । बजारमा कृषियन्त्र भए पनि धेरै कृषकलाई प्रविधिबारे जानकारी नभएको सिसा परियोजनाका क्षेत्रीय संयोजक सालीन आचार्यले बताउनु भएको छ । आचार्यले नयाँ र गुणस्तयरीय प्रविधि छनोट गरी कृषकलाई सिफारिस गर्दै आएको बताउनु भएको छ । ‘उत्पादन लागतमा कमी ल्याई उत्पादकत्व बढाउन कृषकलाई नयाँ र गुणस्तरीय कृषियन्त्र खरिदका लागि सिफारिस गरिने आचार्यले बताउनु भएको छ । बाँकेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रम सञ्चालनमा छ । मकै जोनका कृषकलाई लक्षित गरी सिसा परियोजनाले कृषकलाई आधुनिक कृषियन्त्रको विशेषता, महत्व र उपयोगिताका बारेमा जानकारी दिँदै आएको छ । (नया पत्रिका)

 

Comment