चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्ने गरी अनुसन्धान गर्न सरकारसँग माग

काठमाडौं ९ माघ । चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ ।
नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो । चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ । लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले किसान र उद्योगीले चिया अनुसन्धानशाला स्थापनाको माग गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई इलाम आएका बेला यहाँका किसान–उद्यमी र चिया उत्पादन हुने क्षेत्रका जनप्रतिनिधिसमेतले विश्वमा नेपाली चियालाई बेग्लै पहिचान दिनु आवश्यक रहेकामा मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरका थिए । सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले  नेपालले वर्षाैंदेखि भारतीय र चिनियाँ प्रजातिको चिया विश्वबजारमा बेचिरहेका र चियाको मुख्य उत्पादन हुने क्षेत्र भने चियाको लोगो मात्र होइन, उत्पादन हुने देशको ठेट जात पनि विश्वबजारमा ब्रान्डिङ हुनेमा नेपालले अर्काको देशले उहिल्यै विश्वमा आफ्नो नाम लेखाइसकेको चिया मात्र बेचिरहेको बताउनु भएको छ ।’ मुख्यमन्त्री राईलाई जिल्लाका किसान–व्यवसायीले चिया विकास बोर्ड १ नम्बर प्रदेशमै राख्नसमेत माग गरेको मेयर राइले बताउनु भएको छ  । अहिलेको चिया तथा कफी विकास बोर्डलाई अलग बनाएर चिया विकास बोर्ड मात्रै बनाउन किसानको माग छ । मेयर राईले बोर्डको कार्यालय पनि काठमाडौं होइन, १ नम्बर प्रदेशमै राखिनुपर्ने र ‘चिया विकास बोर्डमा ४० प्रतिशत किसान र व्यवसायीको सहभागिता सुनिश्चित भएमात्रै चियामा प्रभावकारी काम हुन सक्ने बताउनु भएको छ । त्यस्तै चिया व्यवसायी सोनाम लामाले ‘चिया चिनेका व्यक्ति बोर्डमा भएमात्रै बोर्डले चिया क्षेत्रमा प्रभावकारी नतिजा ल्याउन सक्ने बताउनु भएको छ । कम्तीमा १५ वर्ष चिया क्षेत्रमा काम गरेको व्यक्तिलाई मात्रै बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नसमेत किसानले माग गरेका छन ्।

 

Comment