हिमाली जिल्ला मनाङमा लगातार हिमपात, हिउँले बाली राम्रो हुने तथा बाली सप्रने भन्दै किसान खुसी

काठमाडौं १० माघ । हिमाली जिल्ला मनाङमा लगातार हिमपात भइरहँदा किसान खुसी भएका छन् ।  खेतीबालीका लागि हिउँ बाली राम्रो हुने तथा बाली सप्रने  किसानको भनाई छ ।  । मङ्गलबार दिउँसोबाट निरन्तर हिउँ परिरहेकाले बाली राम्रो हुने भन्दै किसान खुसी भएका छन् ।
 चामे गाउँपालिका–२ थान्चोकका स्याउ कृषक नरेन्द्र घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो रहेको बताउनुभयो । एकैपटक नपग्लिने र विस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान हुने र अन्नबालीको उत्पादन राम्रो हुने घलेले बताउनुभएको छ  मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङगाउँका छिरिङ गुरुङले हिउँ पर्दा बिरुवाको जरा भिज्ने र चाहिने पानीको मात्रा प्रशस्त पुग्ने,  खेती गर्न सहज हुने , उत्पादन पनि बढ्ने बताउनु भएको छ ।  कृषि ज्ञान केन्द्र मनाङका कृषि प्रसार अधिकृत रामकुमार शाहका अनुसार हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ तथा हिउँ पर्दा बाली राम्रो हुने भएकाले किसान खुसी हुने गरेको उहाँले बताउनुभयो ।  हिउँले गर्दा झारपात मर्ने माटोमा चिस्यान पुग्ने र किसानले सिँचाइको व्यवस्था गर्नु नपर्ने सबै हिउँले नै पु¥याइदिन्छ  जसले गर्दा बालीमा राम्रो फाइदा पुग्ने शाहले जानकारी दिनुभएको छ । 
मनाङमा मङ्गलबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार दुई फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको मनाङ, टङ्की मनाङ, भ्राका, घ्यारु, खाङ्सार, पिसाङ, सदरमुकाम चामेलगायतका गाउँमा हिउँ परिरहेको स्थानीयको भनाइ छ ।

 

Comment