किबी खेतीतर्फ म्यादीका किसान आकर्षित

काठमाडौं २३ पुस । पछिल्लो समय किबीको परिक्षण उत्पादन सफल भएसगै म्याग्दीका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् ।
चिसो हावापानीमा हुने लहरा प्रजातीको फल किबीको परीक्षण उत्पादन सफल भएसँगै आम्दानी पनि राम्रो हुने भएपछि किसान यसतर्फ लागेका हुन् ।
पूर्वी नेपालका विभिन्न जिल्लामा व्यावसायिक रुपमा गरिँदै आएको किबी खेती  केही वर्ष यता भने म्याग्दीका किसानले पनि विस्तार गरेका छन् ।
एक हेक्टर जमिनमा ४ सय विरुवा मात्र रोप्न मिल्ने किवी खेती म्याग्दीको उच्च भागमा लगाइएको छ । कुहुँ, राम्चे र घतानमा किवीको व्यवसायिक रुपमै खेती गरिएको छ ।
वामदेव रिजालले दोलखा र काभ्रेबाट केही बिरुवा लिएर तीन वर्षअघि १७ रोपनी जग्गामा २ सय ५० वटा विरुवा लिएर सुरु गरेको किवी खेती अहिले जिल्लाका अधिकांश किसानले गर्न थालेका छन् ।

 

Comment