कन्ये जातको च्याउ वर्षको दुई पटक उत्पादन गर्न सकिने

काठमाडौं १३ जेष्ठ । कन्ये जातको च्याउ हुम्ला जिल्लामा वर्षको दुई पटक उत्पादन गर्न सकिने भएको छ । यस अघि वर्षमा एक पटक मात्र च्याउ खेती गरिदै आएकोमा यसपाली परीक्षण गर्दा दुई पटक च्याउ खेती गर्न सकिने भएको हो । 
फागुनबाट कार्तिकसम्म नौ महिनामा दुई पटक कन्ये च्याउलाई खेती गर्नका लागि परीक्षण गर्दा सफल भएको सिमकोट गाउँपालिकाका कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले बताउनुभएको छ । यस अघि साउन देखि कार्तिकसम्म मात्र उक्त च्याउ खेती गरिदै आएको थियो । गाउँपालिकाका पाँच जना अगुवा किसानहरुलाई परीक्षणका लागि गत फागुनमा पाँच सेट कालो प्लाष्टिक र च्याउको बीउ सेट दिएकोमा अहिले च्याउ उत्पादन भएर बजारमा आउन थालेको शाहीले बताउनु भएको छ । अब हुम्लामा यो च्याउको संभावना देखिएको र बजार पनि भएको कारण किसानहरुले यो खेती गर्नतर्फ लाग्नु पर्ने शाहीको भनाई छ ।( गोरखापत्र दैनिक )

 

Comment