खाद्यान्नमा आत्मनिर्भर बन्दै सर्लाही

काठमाडौं ६ पुस । सर्लाही जिल्लामा व्यावसायिक रुपमा खेती गर्न थालेपछि खाद्यान्नमा आत्मनिर्भर बन्न थालेको छ । 
मौसमको असन्तुलन तथा समय–समयमा मलको अभाव हुने गरेको देखिए पनि किसानको मेहनत र आधुनिक उपकरणको प्रयोगले सर्लाही खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन थालेको हो ।
सुरुमा रासायनिक मलको अभाव र समयमा पानी नपर्दा यो वर्ष कृषि उत्पादन घट्ने अनुमान गरेका सर्लाहीका किसानहरु यतिबेला भने खुशि देखिन्छन् । उत्पादन वृद्धि हुनुमा किसानको मेहनेत, आधुनिक कृषि उपकरणको प्रयोग तथा मौसमको अनुकुलता नै मुख्य कारण रहेका छन् । धान उत्पादन भने यस वर्ष नगन्य रुपमा वृद्धि भएको देखिन्छ ।धानको उत्पादन गत वर्ष ३ दशमलव ३ मेट्रिक टन रहेकोमा यस वर्ष ३ दशमलव ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको तथ्यांक छ । सर्लाहीमा करिब ८५ हजार हेक्टर जमिनमा धान, गहँु र मकै खेती हुने गरेको छ भने २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।

 

Comment