मागभन्दा धेरै चिनी आयात गरेका कारण कृषकहरूको बक्यौता रकम तिर्न नसक्ने

काठमाडौं ५ पुस । गत आर्थिक वर्षमा चिनी उद्योगीहरूले मागभन्दा धेरै चिनी आयात भएकाले किसानको बक्यौता रकम तिर्न नसकेको बताएका छन् । 
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा चिनी उद्योगीहरूले सरकारले गत आर्थिक वर्षमा अन्तर्रािष्ट्रय बजारबाट मागभन्दा धेरै चिनी आयात गरेका कारण कृषकहरूको बक्यौता रकम तिर्न नसकेको बताएका हुन् ।
गत आर्थिक वर्षमा मागभन्दा १ लाख ६३ हजार मेट्रिक टन चिनी आयात भएकाले अझै ३ अर्बभन्दा बढी मूल्यको चिनी मौज्दात रहेका कारण कृषकको बक्यौता रकम तिर्न नसकिने नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवालले बताउनु भएको छ । अग्रवालले नेपालमा प्रर्याप्त चिनी रहेकाले चिनीको आयातमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा नगर्न आग्रह पनि  गर्नुभएको छ ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगीलाई सरकारले गर्नुपर्ने सहयोग गरेको भन्दै उपभोक्ता हितबारे सोच्न आग्रह गर्नुभएको छ । खतिवडाले चिनीमा मात्रै नभएर विश्व बजारबाट सस्तो आउने आयातीत वस्तुमा विस्तारै प्रतिबन्ध लगाउँदै जाने सरकारको नीति रहेको पनि स्पष्ट पार्नुभएको छ ।

 

Comment