नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)कोे अध्यक्षमा स्वयम्भूकृष्ण श्रेष्ठ सर्वसम्मतमा चयन

काठमाडौं २४ चैत्र । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वार्षिक साधारण सभाबाट बिटिएल कम्पनीका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठ नामियाको अध्यक्ष पदमा सर्वसम्मत सहित  चयन हुनुभएको छ । 
 त्यसैगरी उपाध्यक्षमा खोजराज कटुवाल, महासचिवमा कृष्ण शर्मा, सचिवमा जेपी घिमिरे तथा कोषाध्यक्षमा अर्जुन लुइँटेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
 त्यसैगरी सदस्यहरुमा महेन्द्र प्रसाद कडेल, दुर्गा दाहाल, गौतम महर्जन, ओमकृष्ण श्रेष्ठ, गौरव श्रेष्ठ, पर्शुराम चापागाई, राजाराम तिवारी तथा रण बहादुर न्यौपाने निर्वाचित हुनु भएको छ । साधारण सभा अगाडी अध्यक्षमा नव निर्वाचित उपाध्यक्ष कटुवाल, सदस्य ओमकृष्ण श्रेष्ठको नाम पनि चर्चामा थियो ।

 

Comment