नार्कले संचालन गरेको ११३५ नम्बरको निशुल्क किसान कल सेन्टर प्रभावकारी बन्दै

ललितपुर । सनेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त को संचार प्रकाशन तथा अभिलेख महाखाशाद्धारा संचालित ११३५ नम्बर निशुल्क किसान कल सेन्टरको प्रभावकारी बढदै गइरहेको छ । पछिल्लो समय खोलिएका विभिन्न किसान कल सेन्टर बन्द भइरहेको बेला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त को संचार प्रकाशन तथा अभिलेख महाखाशाले संचालन गरेको किसान कल सेन्टरमा सबै क्षेत्रका वैज्ञानिकहरु उपलब्ध हुने भएका कारण प्रभावकारी बन्दै गएको हो । 

ललितपुरको खुम्लटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त को संचार प्रकाशन तथा अभिलेख महाखाशामा हरेक साता सोमवार दिउँसो २ देखि ४ बजेसम्म कृषि क्षेत्रका प्राय सबै विज्ञहरुलाई एकै थलो राखी संचालन गरिएको निशुल्क किसान कल सेन्टरमा किसानहरुको अभिरुची बढदै गएको संचार प्रकाशन तथा अभिलेख महाखाशा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो । 
आम किसानहरुलाई प्राविधिक जानकारी बढी भन्दा बढी दिने उद्येश्यले संचालन गरिएको किसान कल सेन्टरमा अहिले किसानका समस्याहरु बढी मात्रामा आउने गरेको विज्ञहरुले सहज ढंगले समाधान दिने गरेको प्रमुख उप्रेतीको भनाई थियो । उहाँले किसानहरुले समस्या राख्दा बिषय बस्तु अन्तगर्त सम्बन्धित विज्ञले जवाफ दिने गरेको र सबै समस्याको समाधान एकै थलो बाट हुने भएपछि किसानहरुको चाप पनि बढदै गएको जानकारी दिनुभयो । 
उहाँले अन्य कल सेन्टरहरु बन्द भइरहँदा नार्कले संंचालन गरेको किसान कल सेन्टर कुनै पनि हालतमा बन्द नभई अझ बढी प्रभावकारी ढंगले संचालन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 
२०७४ सालको चैत्र १ गतेदेखि संचालन गरिएको झण्डै ८ महिनाको अवधीमा साप्ताहिक रुपमा ३० देखि ५० जना सम्म किसानहरुले सहभागीता जनाइरहेको ११३५ नम्बरको निशुल्क किसान कल सेन्टरमा नेपाल टेलिकम र एनसेल बाट समेत फोन गर्ने सुविधा रहेको छ । 

Comment