पछिल्लो वर्ष अलैँचीको मूल्यमा आएको भारी गिरावटले किसान मर्कामा

काठमाडौं ७ माघ । पछिल्लो वर्ष अलैँचीको मूल्यमा आएको भारी गिरावटले किसान मर्कामा परेका छन् ।
अन्नबाली लगाउन छाडेर अलैँची खेतीमा होमिएका किसान आफ्नै बजार नहुँदा मूल्य नपाएकाले निराश बनेका हुन् । आफ्नै टे«डमार्क नभएकाले भारतको ट्रेडमार्कबाट अन्तराष्ट्रिय बजारमा निर्यात् हुने नेपाली अलैँचीको मूल्य अस्वाभाविक खस्किएपछि कृषकहरुले लगानी पनि उठाउन सकस परेको गुनासो गरिरहेका छन् ।   दिनप्रतिदिन बजारमा मूल्यवृद्धि भइरहदा अलैँचीको मूल्य भने गिरावट आएको छ ।  उत्पादन अनुसारको मूल्य नभएपछि श्रमिकहरुलाई दिइने ज्याला समेत उठ्न नसकेको भोजपुर नगरपालिका १० का प्रेम कुमार राईको गुनासो छ । एकातिर मूल्यमा लगातार गिरावट आइरहेको छ भने अर्कोतर्फ उत्पादन पनि घटिरहेको छ । करिब डेढ–दुई सयको हाराहारीमा अलैँची टिप्ने खेतालालाई पाँचसय रुपैयाँ प्रतिव्यक्ति ज्यालादारीमा खेताला लगाउनुपर्ने र त्यसको लगानीअनुसारको आम्दानी नहुने किसानहरुको बुझाइ छ । अलैँचीमा देखिएको फुस्रो, गानो कुहिने, बोट सुक्ने जस्ता प्रकोपले उत्पादनमा आएको ह्रासले किसानहरु हैरान छन् । भोजपुरमा करिब ४ सय हेक्टर जमिनमा अलैँची खेती भइरहेको छ ।

 

Comment