राष्ट्रिय किसान आयोगले आफ्नो दास्रो स्थापना दिवस मनायो

काठमाडौं ७ माघ । राष्ट्रिय किसान आयोगले आफ्नो दास्रो स्थापना दिवस सफल रुपले मनाएको छ । 
हरिहर भवनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै कृषि मन्त्री चक्रपाणी खनालले कृषि गर्ने जमिन फेरिएको र कृषिमा काम गर्ने मानिसहरुको जीवन फेरिएको देख्न सक्ने वातावरण कृषिमा गर्न आवश्यक रहेको बताउनु भएको छ ।
मन्त्री खनालले अहिले सरकारले बिदेशमा रहेका युवाहरुलाई स्वदेशमा ल्याउन कृषिमा अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउने तथा किसान बैकं संचालन गरी किसानलाई सजिलो बनाउन विज्ञहरु संग छलफल गरीरहेको बताउनु भएको छ । विभिन्न देशबाट १४० अर्बको कृषि आयात भई रहदा विशेष गरी मल ,दुध ,मासु तथा पाङ्गगारिक उत्पादन लगायत कृषि उत्पादनमा लागत कसरी कम गर्न सकिन्छ भनि लागिपरेको मन्त्री खनालले बताउनु भएको छ 
त्यस्तै कार्यक्रममा बोल्र्दै राष्टिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले किसानको अधिकारमैत्री वातावरण निर्माण मार्फत सबै किसानले आफुलाई प्राप्त अधिकारको निर्वाध उपभोग गर्न पाउने स्थिति निर्माण गर्ने तथा निरन्तर रुपमा नेपालका किसान तथा नेपाल सरकारलाई सहयोग गर्ने आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
 समृद्धि नेपालको शान अधिकार सम्पन्न किसान  भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा किसान शहिद परिवारलाई सम्मान तथा पुव कृषि मन्त्रीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । 

 

Comment