सर्लाहीमा उखु किसानलाई अनुदान रकम उपलब्ध गराउन पहल

काठमाडौं ५ पुस । उखु किसानलाई दिने अनुदान रकम उपलब्ध गराउन सर्लाहीमा पहल शुरु भएको छ ।
चिनी उद्योगहरुले गत सिजन बिक्री गरेको उखुको परिमाण उपलब्ध नगराइदिँदा प्रति क्वीन्टल ६४ रुपैयाँ २८ पैंसा बराबरको झण्डै २६ करोड रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा दशैं अघि आएर रोकिएको हो । उक्त रकम उपलब्ध गराउने विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको बैठकले किसानको विवरण उपलब्ध गराउन चिनी उद्योगलाई ताकेता गर्ने र त्यसमा स्थानीय तहहरुलाई समन्वय गरिदिन आग्रह गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभएको छ ।
तर चिनी उद्योगीबाट किसानले बेचेको उखु विवरण चिनी उद्योगबाट उपलब्ध भएको छैन । अनुदान लिन लालपुर्जाको प्रतिलिपी,जग्गा भाडामा लिएर दिएको विवरण जस्ता कागजात जुटाउनुपर्ने झन्झट दिएको किसानहरुको गुनासो छ ।

 

Comment