सरकारले अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बो रुपैयाँको विषादी आायात हुदै

काठमाडौं २२ माघ । सरकारले अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बो रुपैयाँको विषादी आायात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार ५ वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँको विषादी आयात भएको छ ।
जलवायु परिवर्तनले नयाँ कीराहरू देखिने, विगतका वर्षमा छरिएको विषादीले किराहरूमा विषादी पचाउन क्षमता बढ्ने लगायतका कारणले आयात बढेको जानकारको भनाई छ । प्लान्ट क्वारेन्टिन एव विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी मुख्यतया भारत, चीन, जर्मनीलगायतबाट आयात हुन्छ । ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात हुदै आएको छ । आयातितमध्ये सबैभन्दा बढी कृषि क्षेत्रका लागि आयात भएको प्लान्ट क्वारेन्टाइन एव विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत परशुराम अधिकारीले बताउनु भएको छ ।
अधिकारीका अनुसार तथ्यांक हेर्दा विगतमा भन्दा कृषि क्षेत्रमा प्रयोग हुने पिषादीको आयात बढ्दै गएको छ । सरकारले बजेट मार्फत वैदेशिक रोजगारबाट फर्केकालाई अर्गानिक खेती र नीति तथा कार्यक्रममा अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार वर्तमान सरकारको घोषणापत्रमा १० वषभित्र मुलुकलाई अर्गानिक बनाउने उल्लेख छ । सरकारले १० वर्षमा अर्गानिक बनाउने उल्लेख भए पनि सम्भावना न्यून रहेको जानकारहरू बताउँछन ।
केन्द्रको तथ्यांकअनुसार २०७० र ७१ मा १ अर्ब ७१ करोड, २०७१ र ७२ मा २ अर्ब १ करोड, २०७२ र ७३ मा २ अर्ब १४ करोड रुपैयाँको विषादी आयात भएको छ । त्यस्तै २०७३ र ७४ मा २ अर्ब ६१ करोड र २०७४र७५ मा २ अर्ब ५१ करोड रुपैयाँको आयात भएको प्रवद्र्धन केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अस्वाभाविक रूपमा बढेको छ । केन्द्रको तथ्यांकअनुसार १ अर्ब १५ करोड ९८ लाख रुपैयाँको ३२ लाख ३४ हजार ५ सय किलो विषादी आयात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा ८९ करोड ४६ लाख रुपैयाँको ३० लाख २९ हजार ८ सय किलो आयात थियो ।
वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीका अनुसार कम सुरक्षित र सुरक्षित गरी ट्रेड नामको आधारमा ३ हजार प्रकारका विषादी आयात हुन्छ । विषादी समितिले करिब २ सय विषादी प्रतिबन्ध गरेको छ भने हालसालै ६ प्रकारका विषादी प्रतिबन्ध गरेको जनाएको छ । प्रतिबन्धित औषधि किराहरू नियन्त्रण गर्ने मा एउटा ढुसीनाशक र ४ वटा कीटनाशक विषादी रहेको केन्द्रले जनाएको छ । 
मन्त्रालयका वरिष्ठ माटोविज्ञ गंगादत्त आचार्यका अनुसार प्रांगारिक कृषिको वस्तु उत्पादनका लागि विधि र सिगो प्रक्रियाको अध्ययन भइरहेको बताउनु भएको छ । अर्गानिक मल, उत्पादनलगायतको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको र अब कार्यान्वयनमा जाने आचार्यले बताउनु भएको छ ।(कान्तिपुर दैनिक)

 

Comment