कुखुरा व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः राजु अधिकारी निर्वाचित

काठमाडौं  ६ पुस । कुखुरा व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः राजु अधिकारी निर्वाचित हुनुभएको छ ।
 बिहीबार भएको संघको १२ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि निर्वाचित अधिकारीको नेतृत्वमा २३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, द्धितीय उपाध्यक्ष राजेन्द्र मैनाली, तृतीय उपाध्यक्षमा गोकुलनाथ पौडेल निर्वाचित हुनुभएको छ । संघको महासचिवमा श्यामशुन्दर परियार, सचिवमा गम्भीर न्यौपाने, कोषाध्यक्षमा गोविन्द सापकोटा र सहकोषाध्यक्षमा प्रकाश दाहाल सर्वसम्मत चयन हुनुभएको हो ।
सदस्यहरुमा लीलामणि थापामगर, प्रतापसिं घलान, रविन ढकाल, प्रदीप अधिकारी, कृष्णबहादुर अधिकारी, मधुसुदन देवकोटा, पुरुषोत्तम रेग्मी, सूर्यकला तिम्सिना तामाङ, जोगबहादुर लामा, झम्कनाथ सुवेदी चयन भएका निर्वाचन समिति सदस्य पूर्णध्वज खड्काले जानकारी दिनुभएको छ ।

 

Comment