रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता प्रदान

काठमाडौं ६ पुस । सरकारले लागु गरेको गाई भैँसीलाई सुत्केरी भत्ता कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ ।
 साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार रत्ननगर नगरपालिकाले सुत्केरी भत्ता दिइएको छ ।  रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही ५०० रुपैँया वितरण गर्नुभएको छ ।
सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५ र ७६ को नीति तथा कार्यक्रममा  २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने र किसानलाई पशुपालनका लागि प्रोत्साहन र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको बताउनु भएको छ । नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिएको जनाकारी दिनुभएको छ ।

 

Comment