खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान

काठमाडौं २ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ। ढिकी जाँतोमा अन्न पिस्दै आएका आमा समूहलाई ६ लाख ७९ हजारको कुटानी पिसानीका मिल प्रदान गरेको हो।
नगरपालिकाले सयपत्री आमा समूह च्यास्मिटार, पिपलगढी आमा समूह च्यास्मिटार, मिलीजुली आमा समूह बडहरे, सिर्जनसिल आमा समूह दुर्छिम, मखमली आमा समूह हलेसी, अजम्बरी आमा समूह धितुङ, महिला विकास शान्ति आमा समूह सल्ले, अजम्बरी महिला विकास समूह राजापानी, जलन्धरादेवी आमा समूह राजापानी, बज्रकाली सिर्जनशिल आमा समूह मंगलटार, बालकन्य आमा समूह मंगलटार र सिद्धथान आमा समूह मंगलटारलाई एक एक थान मिल प्रदान गरेको हो।
आमा समूहलाई नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले कुटानी पिसानीका मिल हस्तान्तरण गर्नुभएको हो । कुटानी पिसानीका मिल पाउने आमा समूहमध्ये मंगलटारको सिद्धथान आमा समूह र बालकन्य आमा समूहमा दलित महिलामा मात्र आवद्ध छन्। घरासयी काममा बोझ खेपिरहेका महिलाको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल प्रदान गरिएको उपमेयर राईले बताउनु भएको छ । (नागरिक दैनिक)

 

Comment