चितवनको भरतपुरमा भारतवाट आयत गरि ल्याइएको सय क्रेट गोलभेडा नष्ट

 

चितवन, भरतपुर २४ पुस । चितवनको भरतपुरमा भारतवाट आयत गरि ल्याइएको सय क्रेट गोलभेडा नष्ट गरिएको छ ।  व्यपारिहरुलाई पटक पटक नेपाली गोलभेडा नै प्राथमितामा राख्न आग्रह गरेपनि सो आग्रहलाई वेवास्था गदै भारतिय गोलभेडा ल्याएपछि विरोध स्वरुप नष्ट गरि फालिएको हो । 

१ सय जनाको संख्यामा भरतपुरको तरकारी बजारमा जम्मा भएका किसानहरुको समूहले व्यापारिले ल्याएको भारतीय गोलभेडा जफत गरि फालिएको छ । यस अघि बजार व्यवस्थापन समितीले व्यापारिलाई नेपाली गोलभेडा नै पहिलो प्राथमिकतामा राख्न भनेपनि यसलाई वेवास्था गर्दै व्यापारिले भारतिय गोलभेडा आयात गरेपछि यो समस्या आएको हो । किसान र व्यापारि विचको यो किचलोमा प्रशासनले भने खासै चासो देखाएको छैन । 

Comment