चिया कारखाना मजदुरलाई सरकारले तोके अनुसारको सेवा सुविधा दिन सहमत

काठमाडौं ८ बैशाख । इलामको सूर्योदय नगरपालिकामा रहेका चिया कारखाना मजदुरलाई सरकारले तोकेअनुसारको सेवा सुविधा दिन सहमत भएका छन् ।
सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनले सरकारसँग निश्चित माग राखेर तीन महिनाका लागि सरकारले तोकेको सेवा सुविधा कार्यान्वयन गर्ने भएको छ । सूर्योदय नगरपालिकाका ५४ वटा साना ठूला चिया कारखानाको संगठन एसोसिएसनले केही सर्तसहित आगामी असारसम्म सरकारले निर्धारण गरेको सेवासुविधा श्रमिकलाई दिन तयार भएको जनाएको छ । एसोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ । सरकारले पछिल्लो समय चिया मजदूरको दैनिक ज्याला २ सय ३१, महंगी भत्ता १ सय ५४, खाजा भत्ता ४२ रुपैयाँ तोकेको छ । ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि ८ दशमलव ३३ प्रतिशत र सामाजिक सुरक्षा कोषमा १ दशमलव ६७ प्रतिशत उद्योगले भुक्तानी गर्नुपर्छ । सरकारले पछिल्लो समय तोकेको सेवासुविधा पाउनुपर्ने माग राख्दै चिया श्रमिक आन्दोलित भएका थिए ।(इमेज खबर)

 

Comment