इलाम जिल्लामा विकास संस्थान अन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै

काठमाडौं १० माघ । इलाम जिल्लामा विकास संस्थान अन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै गएका छन् ।
आवश्यकता अनुसार दुध संकलन नहुनु र उत्पादित चिजले बजार नपाउँदा चिज उत्पादन केन्द्र दयनीय अवस्थामा पुगेका हुन् । दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको इलामका चिज उत्पादन उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । दैनिक ४५ हजार लिटरभन्दा बढी दूध प्रशोधन क्षमताका उद्योग धराशायी बन्दा एकातिर दूधले बजार नपाउने अवस्था छ भने अर्कोतर्फ धेरैको रोजगारी गुम्ने निश्चित छ । जिल्लामा निजी क्षेत्रबाट सञ्चालित  २८ चिज कारखानामध्ये १० वटा बन्द भइसकेका छन्  भने सञ्चालनमा रहेकाहरुको पनि स्थिति खराब नै छ । चिज उत्पादक व्यवसायी संघ इलामका उपाध्यक्ष गोविन्द खड्का चिजको बजार नभएको र कृषकलाई नियमित दुधको भुक्तान गर्न नसकेको गुनासो गर्छन् । यसैगरी दुग्ध विकास संस्थान अन्तर्गतका उद्योगलाई पनि समस्या नै छ । २०५३ सालदेखि सञ्चालनमा आएको पशुपतिनगरस्थित चिज कारखाना विघटनको अवस्थामा पुगेको छ । दैनिक ३ हजार लिटर दुध प्रशोधन गर्ने क्षमताको यो कारखाना नाममा मात्र सीमित हुन थालेको छ  । निजी क्षेत्रको लगानी रहेका उद्योगमा २५ देखि ५० लाखसम्मको लगानी छ भने सरकारी लगानी रहेका उद्योगमा करोडौँको लगानी छ । ती पनि प्रतिकूल अवस्थामा पुगेका छन् । इलामको पशुपतिनगर, रक्से, देउराली, नयाँबजार गरी चारवटा चीज उत्पादन केन्द्रमध्ये नयाँबजारमा चीज उत्पादन बन्द भएको छ । 

 

Comment