कृषि क्षेत्रमा विकासका लागि वजेट कम भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको भनाइ

काठमाडौं ११ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा विकासका लागि वजेट कम भएको बताउनु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री खनालले वजेट कम हुँदा कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको बताउनु भएको हो ।
देशका ६६ प्रतिशत नागरिक संलग्न भएको क्षेत्रमा बजेट भने २.९ प्रतिशत मात्र रहेको र वजेट नहुँदा कृषि क्षेत्रको विकासमा समस्या भएको खनालको भनाइ थयो । मन्त्री खनालले नेपालमा कृषि क्षेत्रलाई अगाडि बढाउन कृषिमा संलग्न हुने संख्या घटाएर वजेट बढाउनुपर्ने देखिएको बताउनु भएको छ । अहिले कृषिमा संग्लन रहेको ६६ प्रतिशत जनसंख्यालाई २५ प्रतिशत झार्न आवश्यक रहेको उहाँको भनाई थियो । मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि योजनासमेत नरहेको बताउनु भयो । कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने मन्त्री खनालको भनाइ छ । मन्त्री खनालले दुईतिहाइ जनसंख्या कृषिमा संलग्न हुँदा पनि वाहिर पनि आयात गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभएको छ । कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने र कृषि क्षेत्रको विकास गर्न सकिएमा विदेशीएका युवालाई स्वदेशमा नै रोजगार दिन सकिने मन्त्रि खनालको भनाइ छ । कृषकको हातसम्म अनुदान पु¥याउन आवश्यक रहेको र वास्तविक कृषकको हातमा अनुदान पु¥याउन आफुहरू अगाडि बढेको समेत मन्त्री खनालले बताउनु भएको छ ।

 

Comment