कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को भनाई

काठमाडौं २१ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पन्ध्रौँ योजनाको मस्यौदा आधार पत्रलाई अन्तिम रुप दिन आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटनमा उहाँले सैद्धान्तिक शिक्षालाई कम गर्दै व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो । वर्ग विभेद घटाउने, समतामूलक सामाजिक न्याय स्थापित गर्ने खालका योजना बनाउन अध्यक्ष दाहालले आयोगलाई सुझाव दिनुभएको छ । दुई तिहाई बहुमतको अवसर सदुपयोग हुनेगरी जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न १५ औँ योजनाको भूमिका हुने पूर्वप्रधानमन्त्री दाहालले बताउनुभएको छ । समृद्ध नेपालको नारालाई कामले पूरा गरी जनतामा निराशा आउन दिनु नहुने उहाँको भनाइ छ । त्यसो गर्न नसक्दाको अवस्था भयावह हुने भएकाले सचेत भएर काम गर्न पनि नेता दाहालले आह्वान गर्नुभएको छ । गरीबको तस्बीर योजना आयोगमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक आयोग लगायत संरचनाको संस्थागत विकास, प्रशासकीय क्षमता वृद्धिका लागि लगानी हुने गरी १५ औँ योजना बनाइनुपर्ने बताउनुभएको छ । गरीबी र असमानता बढ्दा द्वन्द्व मौलाउने भएकाले योजना निर्माण गर्दा ध्यान दिनुपर्ने नेता गच्छदारको भनाइ थियो । आर्थिक वृद्धिले असमानता नहुने गरी योजना निर्माण अर्थमन्त्री डा युवराज खतिवडाले चौधौँ योजना कार्यान्वयनका क्रममा तीन वटा सरकार बनेपनि सफल भएको बताउनुभएको छ । योजनाले राखेका धेरै लक्ष्य पूरा भएको उल्लेख गर्दै उहाँले आगामी योजना अझ बढी सफल हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री खतिवडाले पन्ध्राँै योजनामा वित्तीय सङ्घीयता कार्यान्वयनलाई पूर्णता दिनेतिर ध्यान दिनुपर्ने, कृषिमा दोहोरो उत्पादकत्व वृद्धि गरिनुपर्ने, दुई अङ्कको आर्थिक वृद्धिदर कसरी कायम गर्ने भन्ने सोच आवश्यक रहेको बताउनुभएको छ । (कृषि पत्रिका)

Comment