कृषिमा सरकारी कर्मचारीको लुटतन्त्र, नक्कली विल बनाउने १३ कर्मचारी अख्तियारको फन्दामा ।

काठमाडौ १० पुस । कृषि व्यवसायीको नाउँमा लुटतन्त्र मचाउने सरकारी कर्मचारीहरुको पर्दाफास भएको  । कृषि सामाग्री खरिदै नगरि नक्कली विल बनाएर कर्मचारीहरुले भ्रष्टाचार गरेको भेटिएको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि कार्यालय दैलेखका अधिकृतसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृषि व्यवसायीको नाउँमा कृषि सामाग्री खरिद नै नगरी खरिद गरेको नक्कली विल बनाएर भ्रष्टाचार गरेको अरोपमा मंगलबार अख्तियारले कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । 
कृषि सामाग्री खरिद नै नगरी खरिद गरेको नक्कली विल भपाई बनाएर भ्रष्टाचार गरेको अरोपमा वरिष्ठ कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरेसहित १३ विरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभएको छ । 
घिमिरेसँग १० लाख ५० हजार ९६१ रुपैयाँ विगो दाबी गरिएको छ ।  

 

Comment