कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको छायाँ कृषि मन्त्रीको जिम्मेवारी पद्म नारायण चौधरीलाई

काठमाडौ ७ जेष्ठ । सरकारले आफनो शैली परिवर्तन नगरे सदन र सडक दुबैबाट प्रतिवाद गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ मन्त्रालय निगरानी गर्ने गरी छायाँ सरकार गठन गरेको हो । पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छायाँमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
काँग्रेसको छायाँ सरकारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको छायाँ कृषि मन्त्रीको जिम्मेवारीमा पद्मम नारायण चौधरीलाई दिइएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निगरानी गर्न चौधरीले संयोजक भएर भूमिका खेल्ने छन् भने संयोजकको अतिरिक्त दुई सदस्य पनि तोकिएका छन् । अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी सदस्य रहेको छ । ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समितिको नेतृत्व गर्ने नेपाली काँग्रेलिे जनाइएको छ । काँग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेर्ने छाया कृषिमन्त्री पद्यम नारायण चौधरीले कृषि मन्त्रालयको कामलाई नजिकबाट निगरानी गर्ने र सडक सदनबाट प्रतिवाद गरिने जानकारी दिनुभयो । 

 

Comment