कृषि विभागले दिदै आएको तालिम प्रभावकारी नभएपछि नार्कबाट कृषि सम्बन्धी छुटै तालिम सुरु ।

काठमाडौ ३ पुस । लामो समयदेखि कृषि विभागबाट संचालन भइरहेको कृषि सम्बन्धी तालिम प्रभावकारी नभएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विशेष सक्रियतामा नेपाल कृषि अनुसन्धान परिषद नार्कले आजबाट कृषि सम्बन्धी तालिम सुरु गरेको छ । 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत विभिन्न निकायबाट प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै कृषिमन्त्री चक्रपानी खनालले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेला नेपाल कृषि अनुसन्धान परिषद नार्कले आजबाट सुरु गरेको कृषि सम्बन्धि तालिमलाई निकै महत्वका साथ हेरिएको छ । 
विगतका दिनमा नार्कले गरेको विभिन्न अनुसन्धानहरु किसान तहसम्म पुयाउने जिम्मेवारी पाएको कृषि विभाग असफल भएपछि अनुसन्धानलाई सँगै जोडेर सबै किसानको पहुचमा पुग्ने गरि कृषि विकास मन्त्रालयले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्दे्शिका २०७५ जारी गरि तालिमको जिम्मेवारी नार्कलाई दिइएको हो । 
नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तगर्तको संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख डाक्टर हरिकृष्ण उप्रेतीले विगतमा कृषि विभागबाट संचालन गरिएको तालिम प्रभावकारी नभएपछि अहिले छुटै निर्देशिका बनाएर तालिम सुरु गरिएको जानकारी दिनुभयो । नार्कले गर्ने अनुसन्धान किसान सम्म पुयाउने जिम्मेवारी कृषि विभागलाई दिएपनि प्रतिफल शुन्य भएपछि नार्क आफैले यसको थप जिम्मेवारी लिएको प्रमुख कार्कीको भनाई थियो । 
नेपाल कृषि अनुसन्धान परिषद नार्क बाहिय अनुसन्धान महाशाखाका प्रमुख डाक्टर धुब्र भटटराईले आजबाट सुरु गरिएको कृषि सम्बन्धी तालिम कृषिमन्त्रीको विशेष सक्रियतामा किसानहरुलाई व्यवसायिकतासँग जोडेर सुरु गरिएको जानकारी दिनुभयो ।  
उहाँले यस भन्दा अगाडी विभिन्न एक दुई दिने खुद्रे तालिमले प्रतिफल नदेखिएपछि नेपाल कृषि अनुसन्धान परिषदबाट ब्रेक थु्र हुने गरि तालिम संचालन  गरिएको भनाई छ थियो । 
बेरोजगार युवालाई कृषिमा गोलबद्ध गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो निर्दे्शिका आज बाट लागू पनि गरेको छ ।
ललितपुरको खुमलटारबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपानी खनालले एक समारोहका बीच कृषि सम्बन्धी तालिमको उदघाटन गर्नुभएको थियो । 
तालीम बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने, किसानको पहुँच अनुसन्धान स्थल र वैज्ञानिकसँग पु¥याउने र निर्वाहमुखी कृषिलाई परिवर्तन गरी व्यवसायिक र नाफामूलक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको नार्कले जनाएको छ । 
सहभागी इच्छुक युवाले स्थानीय निकायको वडाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुखबाट बेरोजगार युवा हो भनी सिफारिस गरेको हुनुपर्ने प्रावधान निर्दे्शिकामा छ । 
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका किसान अतिथि घरबाट आवासीय तालीम सुरु गरिएको हो । सातदेखि १५० दिनसम्म, १८ वर्ष पूरा भई ४५ ननाघेका युवा तालीममा सहभागी हुनसक्ने छन् । प्रशिक्षार्थी छनोट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षतामा गठित समितिले गर्ने व्यवस्था निर्दे्शिकामा छ । अन्य सदस्यमा राष्ट्रिय किसान आयोग, उद्योग वाणिज्य महासङ्घ, बाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धान र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रतिनिध समावेश हुनेछन् । 
सहभागी हुन आवेदन शुल्क लाग्ने छैन भने भर्ना शुल्क केन्द्रीयस्तरमा रु ५०० प्रदेश र स्थानीयस्तरमा रु १०० तोकिएको छ । प्रशिक्षार्थीलाई खाना, खाजा र आतेजाते खर्च, आवास, एप्रोन, स्टेसनरी, र आवश्यक अन्य सामग्री नार्कनै उपलव्ध गराउने छ । 

 

Comment