कफी खेतीमा आकर्षित हुदै कृषक

काठमाडौं १६ पुस । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै जादा अर्घाखाँचीका कृषकहरु कफी खेतीमा आकर्षित भएका छन् । 
बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि कृषकहरु कफी खेतीमा लागेका हुन् । विश्वमै उत्कृष्ट ब्रान्ड पाएको अर्घाखाँचीको कफीमा पछिल्लो पाँच वर्षदेखि रोग किराको प्रकोप देखिएपछि उत्पादनमा कमी आएको थियो । तर, गत बर्षदेखि कफीमा लाग्ने किरा नियन्त्रणमा आएसँगै कृषक फेरि यसको खेतीमा आकर्षित भएका छन् ।
कफीको माग बढ्दै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न कृषकहरु लागेका छन् । जिल्लामा एक सय हेक्टर जमिनमा कफी खेती हुँदै आएको छ । अर्घाखाँचीमा उत्पादन भएको कफी कोरिया,जापान, अमेरीकालगायतका देशमा पुग्ने गरेको छ ।

 

Comment