खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागद्धारा जेठ महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध कार्यक्रम गरि मनाइदै

काठमाडौं ७ जेष्ठ । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले जेठ महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध कार्यक्रम गर्ने भएको छ । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार तेश्रो खाद्य स्वच्छता महिना २०७६ को रुपमा विविध कार्यक्रमगरी देशैभर मनाईनेछ । खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउन विभागले दश वर्ष अघि शुरु गरेको यो अभियान सुरु भएको हो । कोडेक्स एलिमेण्टेरियस कमिसन, विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको प्रस्तावमा संयुक्त राष्ट्र संघीय महासभाबाट सन् २०१९ देखि हरेक वर्षको जून महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउने निर्णय गरिएको हो । 
विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार खाद्य स्वच्छता सम्बन्धमा चासो राख्ने सबैलाई उत्साहित बनाएको छ । यस वर्ष सन् २०१९ देखि विश्व भर नै प्रथम विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाइनेछ । यसलाई समेत मध्यनजर गर्दै गत वर्षदेखि नै विभागले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर जून ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा मनाउँदै आइएको छ ।
खाद्य स्वच्छताको महत्वलाई आम उपभोक्ता सम्म पुर्याउन ‘खाद्य पदार्थमा स्वच्छता, हामीसबैको प्रतिबद्धता’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न क्षेत्रको भूमिका महत्वपूर्ण रहनेछ । विभिन्न उपभोक्ता हकहितसँग सम्बन्धित संघसंस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेजहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघसंस्थाहरूका साथै जनचेतनाका संवाहक पत्रकारहरू समेतको सहकार्यमा यो कार्यक्रम भव्यताका साथ मनाउन यो महिनाब्यापी कार्यक्रम गरिन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

Comment