मासु तथा दूध उत्पादन गर्न साना किसानले लिए साढे १२ अर्ब कर्जा, १६ अर्ब रुपैयाँ बराबरर्को उत्पादन भएको सरकारको अनुमान

काठमाडौं १४ जेष्ठ । एक लाख १६ हजार पशुपालक साना किसानले १२ अर्ब ३४ करोड ५९ लाख कर्जा लिएका छन् । चालू आर्थिक वर्षको फागनु मसान्तसम्म ५३ जिल्लामा रहेका चार सय ४६ साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानले सो कर्जा लिएर १६ अर्ब रुपैयाँ बराबरको मासु तथा दुग्धजन्य पदार्थ उत्पादन भएको अनुमान सरकारले गरेको छ । 
सरकारले मासुजन्य पदार्थको उत्पादन बढाउन आर्थिक वर्ष २०६७ र ६८ देखि मासुजन्य पशुपालन कर्जा कार्यक्रम सञ्चालन गरेको थियो भने आव २०७१ र ७२ देखि दुग्धजन्य पशुपालनका लागि  समेत लगानी गर्ने व्यवस्था गरेको थियो । चालू आवको यो अवधिमा किसानले दुई खर्ब ६ अर्ब कर्जा स्वीकृत गराए पनि सो मात्र ऋण लगानी भएको आर्थिक सर्वेक्षण २०७५ र ७६ मा उल्लेख गरिएको छ । आव २०७४ र ७५ सम्म १५ अर्ब ८८ करोड ९४ लाख ऋण स्वीकृत भएको यस वर्ष यस्तो कर्जा स्वीकृत गराउनेको संख्या ह्वात्तै बढेको छ । गत आवसम्म ऋण लिने किसानको संख्या पनि ९५ हजार ५० मात्रै थिए । आठ महिनाको यो अवधिमा यस्ता किसानको संख्या बढेर एक लाख नाघेको छ । आर्थिक वर्ष २०७० र ७१ सम्म तीन अर्ब ८२ करोड ७२ लाखमात्रै कर्जा स्वीकृत भएको थियो । कर्जा लगानी भने दुई अर्ब ७१ करोड पुगेको थियो । २०७० र ७१ देखि आवको यो अवधिमा आइपुग्दा साढे तीन सय प्रतिशतभन्दा बढीले कर्जा प्रवाह बढेको छ । यो अवधिमा कर्जा कारोबार गर्ने संस्था संख्यासमेत बढेर दोब्बर भएको छ । आव २०७० र ७१ मा दुई सय ५७ वटा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकामा फागुन मसान्तसम्म बढेर चार सय ४६ पुगेको छ । त्यसैगरी साना किसान कार्यक्रम अन्तर्गत गत आवको दोस्रो चौमाससम्म नौ अर्ब ४९ करोड ७१ लाख कर्जा प्रवाह भएकोमा एक वर्षको यो अवधिमा यस्तो कर्जा बढेर १० अर्ब ५८ करोड एक लाख पुगेको छ । यो अवधिमा ऋण असुलीमा २२ र कर्जा प्रवाहमा १५ प्रतिशतले वृद्धि भएको छ ।(आर्थिक न्युज)

 

Comment