मनसुन सक्रिय नभएपछि आकाशबाट पानी झार्न इन्द्र महाराजलाई बाजागाजा बजाएर प्रयत्न गरेजस्तै काकाकुल अवस्था रहेको कृषि सचिव जिसीको जिकिर

काठमाडौं १५ असार । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले असार १५ सम्ममा पनि मनसुन सक्रिय नहुँदा इन्द्र महाराजलाई आकाशतिर फर्केर बाजागाजा बजाएर पानी झार्नका लागि प्रयत्न गरेजस्तै हामी पनि त्यही काकाकुल अवस्थामा रहेको जिकिर गर्नु भएको छ । 
यस वर्षको असार १५ सम्ममा पनि मनसुन सक्रिय नहँुदा र मल अभावमा आम किसानले देशैभरी धान रोपाइ गर्न नसकिरहेको बेला नेपाल कृषि अनुसन्धान परिषद नार्कले आयोजना गरेको धान दिवस समारोहलाई सम्बोधन गर्दे सचिव जिसिले यस्तो जिकिर गर्नुभएको हो । 
कृषि भनेको बहुआयमिक सेक्टर हो, कषि सेक्टर भनेको एक्लै मात्र गर्न नसक्ने कुरा त असार १५ सम्ममा पनि मनसुन सक्रिय नहुँदा इन्द्र महाराजलाई आकाशतिर फर्केर बाजागाजा बजाएर पानी झार्नका लागि प्रयत्न गरेजस्तै हामी पनि त्यही काकाकुल अवस्थामा रहेको भनाई थियो । 
समग्र कृषिको विकास नहुनुमा कर्मचारीको कमजोरी रहेको जस्तो भ्रमबाट मुक्त हुन आग्रह गर्दे सचिव जिसीले कृषि विकास मन्त्रालयको छानो भित्र बस्ने, नार्कको बिलडिग भित्र बस्ने र निलो कोट लगाउने कर्मचारीहरु मात्र जवाफदेही हो भन्ने तिर गयो भने सही उत्तरमा पुग्न नसकिने भनाई थियो  । 
उहाँले मल अभाव नभई वितरण प्रणालीमा समस्या रहेको भन्दै मल पिठो किनेको जस्तो र डाल्डा घिउ किनेको जस्तो होइन, मल कहाँ बन्छ, कसरी आउँछ जस्ता कथा सुनाउँदै भारत हुँदै नेपाल आउने मलको वितरण प्रणालीका कारण मलमा समस्या देखिएको प्रष्ट्याउनुभयो । 

 

Comment