नेकपाको किसान संगठनको संयोजकमा बामदेव गौतम

काठमाडौं ३ जेष्ठ । एमाले र माओवादीबीच एकीकरणको भएको वर्ष दिन पुगेपछि नेकपाले किसान संगठन टुगो लगाएको छ । दुबै पार्टीले किसान संगठनलाई आ आफनो भागमा पार्न जुगांको लडाई र लामो रसाकसीपछि टुगो लगाएको हो । 
पूर्व एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष एवं नेकपाका सचिवालय सदस्य बामदेव गौतमलाई नै एकीकृत नेकपाको किसान संगठनको संयोजकको जिम्मेवारी दिइएको हो । किसान संगठनको सह संयोजकमा पूर्व माओवादी निकट अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । बामदेव गौतमले जिम्मेवारी नलिने हल्लाले विभिन्न शक्ति केन्द्रको धौडधुप गरेका अधिकाँश किसान नेताहरुको गौतमको पुन आगमनले मेहनत खेर गएको छ । 

 

Comment