नेपाल खाद्य संस्थानले अब सहकारी मार्फत खाद्य वस्तु बिक्री गर्ने

काठमाडौं १९ चैत्र । नेपाल खाद्य संस्थानले अब सहकारी मार्फत खाद्य वस्तु बिक्री गर्ने भएको छ । संस्थानले यसअघि आफ्ना कार्यालय तथा डिपो मार्फत खाद्य बिक्रीवितरण गर्दै आएकोमा खाद्य वस्तुको सर्भसुलभ आपूर्तिका हुन नसकेको निस्कर्ष निकाल्दै संस्थान यो निर्णयमा पुगेको हो ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार  सहकारीमार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्देशिका संस्थानको हालै बसेको सञ्चालक समितिले स्वीकृत गरिसकेको र ‘अब छिट्टै कार्यान्वयनमा जाने बताउनु भएको छ । निर्देशिका अनुसार सहकारीले कमिसन मार्फत खाद्य बिक्री गर्नेछन् । बिक्री मूल्य (गेट प्राइस) मा प्रतिकेजी ५० रुपैयाँभन्दा कम मूल्य भएकामा ७ प्रतिशत र त्यसभन्दा बढी मूल्य भएकोमा ६ प्रतिशतका दरले कमिसन पाउने व्यवस्था  निर्देशिकामा उल्लेख छ । ढुवानी, लोड–अनलोड र नाफालगायत सबै सोही कमिसनभित्र पर्ने जनाइएको छ ।.निर्देिशका स्वीकृत भएसँगै तत्काल संस्थानका डिपो, गोदाम तथा कार्यालयहरुबाट सहकारी मार्फत विभिन्न जिल्लामा सुपथ मूल्यमा खाद्य वस्तु बिक्री वितरणका लागि पसल सञ्चालन गर्ने निर्देशन दिइएको छ । स्वीकृत भएको निर्दे्िशकामा संस्थानले नै विक्रेता नियुक्त गर्ने, विक्रेता तोकिने सहकारी संस्था नियमानुसार दर्ता, नवीकरण भएको खाद्य वस्तुको बिक्री गर्न अनुमति प्राप्त गरेको हुनुपर्ने, बिक्री मूल्य, विक्रेता कमिसन तथा सहकारीले खाद्य वस्तु बिक्री गर्दा संस्थानले तोकेको मूल्यमा बिक्री गनुपर्ने व्यवस्था छ । यसैगरी, संस्थानले सहकारीलाई पायक पर्ने आफ्ना गोदाम, डिपो तथा कार्यालय मार्फत खाद्य वस्तु उपलब्ध गराउनु पर्ने प्रावधान छ।  मुलुकभरि करिब दुई लाख क्विन्टल खाद्यान्न मौज्दात छ ।  

 

Comment