‘नेपाल लगानी सम्मेलन’ मा प्रस्तुत भएका कृषि पूर्वाधार क्षेत्रका ८ वटा आयोजना मध्ये पाँच वटा कृषि परियोजनामा आयो लगानी प्रस्ताव

काठमाडौं ९ बैशाख । गत चैत १५ र १६ गते राजधानी काठमाडौंमा भएको ‘नेपाल लगानी सम्मेलन’ मा कृषि पूर्वाधार क्षेत्रका ८ वटा आयोजना प्रस्तूत भएकोमा पाँच वटाका लागि लगानी प्रस्ताव आएको छ । लगानी बोर्डका अनुसार प्रस्तुतमध्ये एकीकृत कृषि परियोजना उर्लाबारी, एकीकृत कृषि परियोजना हेम्जा,  एकीकृत कृषि परियोजना चितवन, बनेपा,  एकीकृत कृषि परियोजना  विरेन्द्रनगर र एकीकृत कृषि परियोजना तिलोत्तमा मनिग्रामका लागि प्रस्ताव परेको हो ।
जसमा परियोजनाको बनेपा, चितवनका लागि २–२ वटा प्रस्ताव परेको छ, भने बाँकी सबै परियोजनाका लागि १–१ वटा । सरकारले सम्मेलनमा सातवटा कृषि एकीकृत कृषि परियोजना र एउटा रासायनिक मल कारखाना गरी आठवटा आयोजना प्रस्तूत गरेको थियो । ती आठवटा परियोजनाको कुल लागत तीन खर्ब ५१ अर्ब अनुमान गरिएको थियो । तर, मल कारखानाका लागि प्रस्ताव नै परेन भने एकीकृत कृषि परियोजना गोदावरी, अत्तरिया र एकीकृत कृषि परियोजना पर्सागढीमा पनि प्रस्ताव परेन । कृषि पूर्वाधारका रुपमा अत्याधुनिक भण्डारण गृह र प्रशोधन केन्द्रहरु निर्माण गरिने जनाइएको छ । ती परियोजनाबाट कोल्ड स्टोरसँगै  प्रोसेसिङ सेन्टरहरु निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ ।  जसबाट तरकारी, फलफुल तथा अन्य खाद्यवस्तु भण्डारण सँगसँगै प्रशोधन कार्यका लागि पनि प्लान्टहरु निर्माण हुनेछ । बोर्डका सिईओ महाप्रसाद अधिकारीका अनुसार ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको छ । सरकारले ७७ योजना प्रस्तुत गरेकोमा वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको हो भने, बाँकी ५ वटा प्रसाद लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेकका हुन् ।(हलो खबर)

 

Comment