नेपाली माछामा मिसाएर भारतीय बजारबाट माछा ल्याउँदै गर्दा माछा फपिङमा समातियो

काठमाडौं १३ चैत्र । भारतिय माछा आयातमा प्रतिबन्ध लगाए पनि नेपाली माछामा मिसाएर भारतीय बजारबाट माछा ल्याउँदै गर्दा माछा फपिङमा समातिएको छ । 
इलाका प्रहरी कार्यलयका र्फपिङ प्र.अ उदय के.सी का अनुसार बाराको कोल्भीबाट काठमाण्डौको बानेश्र आउदै गरेको बा २० च १४२२ को टाटा डि आइ गाडीमा ल्याइएको माछा समातिएको हो । गाडीमा २ ड्रम माछा (१०० केजी ) अक्सिजनमै राखेर लिए पनि १४ बक्स (५६० के.जी) मरेको माछा अव्यवस्थित हिसाबले ल्याउदा शंकाको आधारमा नियन्त्रणमा लिइ केन्दिय पशु क्वारेन्टाइन कार्यलय बुढानिलकण्ठमा पठाएको के. सी ले जानकारी दिनुभएको छ । राज्यले भारतीय माछा आयातमा रोक लगाए पनि विभिन्न सिमानाबाट लुकि छिपी माछा आयात भई रहेको अवस्थामा सिमानामा कठाइ गर्नु पर्ने नेपाल जिउदो माछा व्यवसायी संघका अध्यक्ष जंग बहादुर साहले बताउनु भएको छ । 

 

Comment