नेपाली धागो आयात गर्न बंगलादेश इच्छुक

काठमाडौं ४ बैशाख । नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताउनु भएको छ । यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने धारणा साम्सले राख्नु भएको छ ।
नेपाल–बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासका नेपाली सामग्री बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सकारात्मक रहेको धारणा समेत राजदुत साम्सले व्यक्त गनुभएको छ । दुवै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुवै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारसमक्ष पेस भइसकेको हुँदा निकट भविष्यमा यसबारे निर्णय हुने विश्वास व्यक्त गर्नुभएको छ । बंगलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताउनु भएको छ । दुई छिमेकी राष्ट्रबीच अपेक्षित मात्रामा व्यापार विस्तार हुन नसकेको समेत जानकारी दिनुभएको छ । नेपाल र बंगलादेशमा हुने मेला तथा प्रदर्शनीले दुवै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पु(याएको बताउँदै अध्यक्ष मोरले यसमा अझ बढी जोड दिनुपर्ने बताउनु भएको छ ।( नागरिक दैनिक)

 

Comment