नेपालमा च्याउ खेतीको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम साथमा प्रदेश भेला अभियान शुरु

काठमाडौं ५ जेष्ठ । संघिय संरचना अनुसारका सबै प्रदेशहरुमा “नेपालमा च्याउ खेतीको अवस्था, सम्भावना र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम साथमा प्रदेश भेला गर्ने अभियान शुरु भएको छ ।
च्याउ उत्पादक किसान संघ नेपाल द्वारा गत वैशाख २४ गते प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश नं ५ कि कृषि मन्त्री आरति पौडेलको प्रमुख आतिथ्यतामा अन्तक्रिया कार्यक्रम तथा प्रदेश नं ५ को भेला सम्पन्न गरी अभियानको औपचारिक सुरुवात गरिएको छ ।
त्यसैगरी गत वैशाख ३० गते सुदुर पश्चिमको धनगढीमा प्रदेश कृषि सचिव डा. महेश भट्टको प्रमुख आतिथ्यतामा अन्तक्रिया कार्यक्रम र सुदुरपश्चिम भेला पनि सम्पन्न गरि सकेको छ । यसैगरी बाँकी रहेका प्रदेश हरुमा पनि छिटै अन्तक्रिया कार्यक्रम र साथमा प्रदेश भेला गर्दै अभियान सम्पन्न गर्ने कुरा च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीले जानकारी दिनुभएको छ ।

 

Comment