नार्कले संचालन गरेको १० दिने राष्ट्रियस्तरको आवासिय व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

काठमाडौ १२ पुस । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्र्तगतको बाहिय अनुसन्धान महाशाखाले पहिलो चरणमा संचालन गरेको १० दिने राष्ट्रियस्तरको आवासिय व्यवसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ । 
लामो समयदेखि कृषि विभागबाट संचालन भइरहेको कृषि सम्बन्धी तालिम प्रभावकारी नभएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विशेष सक्रियतामा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्र्तगतको बाहिय अनुसन्धान महाशाखाले तालिम सुरु गरेको हो । 
विगतका दिनमा नार्कले गरेको विभिन्न अनुसन्धानहरु किसान तहसम्म पुयाउने जिम्मेवारी पाएको कृषि विभाग असफल भएपछि अनुसन्धानलाई सँगै जोडेर सबै किसानको पहुचमा पुग्ने गरि कृषि विकास मन्त्रालयले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्दे्शिका २०७५ जारी गरि तालिमको जिम्मेवारी नार्क दिएको हो । 
१० दिने राष्ट्रियस्तरको आवासिय व्यवसायिक तरकारी खेती तालिम समापन समारोहलाई सम्बोधन गर्दे नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का निम्ति कार्यकारी निर्देशक टेकबहादुर गुरुगले सहभागी प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेका ज्ञान र प्रमाण पत्रलाई सिरानीमा नखारी कृषि पेशामा लगाउन आग्रह गर्दे व्यवसायिक कृषिको यात्रामा तालिम फलदायी हुने आशा व्यक्त गर्नुभयो । 
तालिममा सहभागी भक्तपुरका महिला किसान अनिता श्रेष्ठले १० दिनको तामिल अवधीमा एउटा कृषि पेशा गर्नेलाई समय प्राप्त नभएपनि वैज्ञानिकहरुसँग एउटै थलोमा सिक्ने अवसर निकै फलदायी भएको भन्दै नार्कले संचालन गरेको तालिमलाई व्यवहारिक रुपमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन । 
तालिममा अर्का सहभागी खोटागका किसान इन्द्र कुमार राईले एउटा सफल किसान बन्न नार्कको तालिम निकै प्रभावकारी भएको र यसलाई अगामी दिन अझै प्रभावकारी बनाउन राज्यको निति नियम देखि आय स्रोत नभएका किसानका लागि बैंकिग ऋृण जस्ता सवाल उठान सकेपनि अझ राम्रो हुने सुझाव छ । उहाँले सहभागी सबैलाई नेता बन्न सुझाव दिदै नेता दलको नभई किसानको नेता बन्नुपर्ने बताउनुहुन्छ । 
कार्यक्रममा नार्कका प्रशासन प्रमुख राम बहादुर केसीले नार्कले संचालन गरेको तालिमलाई अगामी दिनमा आएका सुझावहरुलाई एकीकृत गर्दे अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
नेपाल कृषि अनुसन्धान परिषद नार्क बाहिय अनुसन्धान महाशाखाका प्रमुख डाक्टर धुब्र भटटराईले विभिन्न २० जिल्लाबाट सहभागीता रहेको पहिलो चरणको तालिम सफल भएको भन्दै अगामी दिन तालिमको प्रभावकारीतालाई अझै बढाएर लाने बताउनु हुन्छ ।
दोस्रो चरणको तालिम फागुन देखि चैत्र सम्ममा संचालन गर्ने तयारी भईरहेको भन्दै अब संघीयता अनुरुप सात वटै प्रदेशबाट स्थानीय स्तरमा तालिम संचालन गरिने जानकारी पनि दिनुभयो । 
उहाँले यस बर्षदेखि सानै स्केलमा भएपनि तालिम दिने कामको सुरुवात भएको छ तर, आगामी बर्षदेखि कम्तीमा चार हजार किसानलाई यहाँ ल्याएर सिधै तालिम दिने लक्ष्य रहेको छ । 
बेरोजगार युवालाई कृषिमा गोलबद्ध गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न छुटै निर्देशिका पनि लागु गरेको छ । 
तालीम बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने, किसानको पहुँच अनुसन्धान स्थल र वैज्ञानिकसँग पु¥याउने र निर्वाहमुखी कृषिलाई परिवर्तन गरी व्यवसायिक र नाफामूलक बनाउने उद्देश्यले सञ्चालन गरिएको हो । 

 

Comment