रामनगरस्थित एभरेस्ट सुगर मिलमा उखु आपूर्ति ठप्प भएपछि आइतबार देखि चिनी उत्पादन समेत प्रभावित

काठमाडौं २५ चैत्र । रामनगरस्थित एभरेस्ट सुगर मिलमा उखु आपूर्ति ठप्प भएपछि आइतबार देखि चिनी उत्पादन समेत प्रभावित भएको छ । उखु नै नभएपछि कारखानाले ११ बजेदेखि ‘नो केन’ घोषणा गरेका छ । करिब ३ हेक्टर क्षेत्रफलको उखु यार्ड अहिले रिक्तो छ । 
कारखानाका अनुसार त्रसिङ सिजन सुरु भएदेखि उखु यार्ड रित्तिएको यो पहिलोपटक हो । माघ महिनाको दोस्रो सातातिर पनि आवश्यकताअनुसार उखु आपूर्ति भएको थिएन । त्यतिबेला अहिलेजस्तो यार्ड खाली नै भएको थिएन । उखु प्रबन्धक अरविन्दकुमार बर्माले कारखानाको क्षमताअनुसार क्रसिङका लागि दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्ने र त्यसबाहेक पनि यार्डमा ५ हजार क्विन्टल उखु जगेडा राखेपछि माक्र त्रसिङ गर्न सकिने बताउनु भएको छ । कारखानाको सर्भेअनुसार किसानको खेतमा अहिले पनि साढे ४ लाख क्विन्टल उखु तयारी अवस्थामा छ । ती उखु चैत महिनासम्म क्रसिङ गरिसक्ने कारखानाको लक्ष्य थियो । मौसम प्रतिकूल भएपछि क्रसिङ तिथि लम्बिने सम्भावना बढेको बर्माले बताउनु भएको छ । ‘नो केन’ हुँदा उत्पादन प्रभावित हुनुका साथै कारखानालाई दैनिक ७ लाख बढी मूल्य बराबरको क्षति हुने गरेको कारखानाले जनाएको छ । बर्माले ‘एक दिन क्रसिङ रोकियो भने चिनी बन्ने प्रक्रियामा रहेका ३० हजार लिटरभन्दा बढी रस (केन जुस) नोक्सानी हुने स्टिम बनाउने इन्धन नासिने र लेबरकस्ट बढ्न जानेलगायतका समस्याले दैनिक ७ लाख बढीको क्षति व्यहोर्नुपर्ने जानकारी दिनुभएको छ ।
एभरेस्ट चिनी मिलमा महोत्तरी र पूर्वी सर्लाहीबाट उखु आपूर्ति हुने गरेको छ । मिलले गरेको सर्भेअनुसार दुवै जिल्लामा गरी १७ हजार बिघामा उखु खेती गरिएको छ । यही आधारमा चालु क्रसिङ सिजनका लागि मिलले ३५ लख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको हो । पुस २८ गतेदेखि उत्पादन सुरु गरेको कारखानाले आइतबारसम्म ३० लाख ७ हजार ८ सय ८६ क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।
उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश कुशवहाले शनिबार जिल्लाको उत्तरी भेगमा परेको भारी वर्षाका कारण खेत हिलो भएकाले उखु कटान गर्न नसकिएको बताउनु भएको छ । वर्षाले सडकसमेत हिलाम्मे भएका कारण तयारी अवस्थाका उखु पनि मिल गेटसम्म ढुवानी गर्न नसकिएकाले ‘नो केन’ हुन गएको हो । मौसम सुधार भएमा क्रसिङका लागि आवश्यक उखु आपूर्ति हुन दुईरतीन दिन लाग्न सक्ने कुशवहाले बताउनु भएको छ । (कान्तिपुर दैनिक)

 

Comment