सिंचाइको असुविधाका कारण खेतीयोग्य जमिन बाँझै छोड्न किसानहरु बाध्य

काठमाडौं ३ माघ । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा नहुँदा र हिउँदमा खडेरी पर्दा किसानहरु जमिन बाँझै छोड्न बाध्य भएका छन् । सिंचाइ सुविधा नभएका कारण धेरैजसो किसानले आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन् ।
 भिरालो जमिनमा ओसिलोपन नहुँदा लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदयाममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भएको छ । हिउँदमा खडेरी पर्दा किसानहरु जमिन बाँझै छोड्न बाध्य भएका हुन्  । जिल्लामा २५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन भए पनि १० हजार हेक्टरमा मात्रै सिंचाइको सुविधा छ । खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा वृद्धि भएको छ । खडेरीले खेत बाँझै हुन थालेपछि विकल्पका रुपमा फलफूल खेती गर्न थालिएको छ । किसानहरुलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।(इमेज खबर )

 

Comment