सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण

काठमाडौं ९ पुस । सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित तेह्रथुमको आठराई गाउँपालिकाका किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयोे ।
आठराई गाउँपालिका–४, ५, ६ र ७ का सुख्खाग्रस्त क्षेत्रबाट प्रभावित किसानलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४८६ घरधुरीलाई प्रतिघरधुरी रु सात हजार १४० का दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । आठराई गाउँपालिकाको विपत् व्यवस्थापन कोषअन्तर्गत आठराई गाउँपालिकामा रहेका असहय रोगी तथा विपतमा परेका नागरिकलाई रु तीन लाख ४५ हजार रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताउनुभयो ।  

 

Comment