सिमकोट विमानस्थलमा रोकिएको जडिबुटी निकासी सुरु

काठमाडौं २५ बैशाख । सिमकोट विमानस्थलमा रोएिको सेतक चिनी जडिबुटी निकासी सुरु भएको छ । काठमाडौं फर्केका नीजि विमानहरु नेपालगंज फिर्ता भए संगै रोकिएको जडिबुटी निकासी सुरु भएको हो । 
दुई दिनमा २५ क्वीन्टल सेतक चिनी नेपालगंज पठाउन सफल भएको जडिबुटी व्यापारी रति सुनारले जानकारी दिनुभएको छ । केही अगाडीसम्म संकलन तथा छुट पुर्जीको समस्याले रोकिएको जडिबुटी तीन साता यता विमानहरु काठमाडौं फर्के पछि रोकिएको थियो । अहिले जहाजहरु नेपालगंज फिर्ता आएपछि रोकिएको जडिबुटी पठाउन सफल भएको सुनारले बताउनु भएको छ । हुम्ला जिल्लामा यस वर्षबाट संकलन सुरु भएको सेतक चिनी निकासी नहुँदा व्यापारीहरु छ महिना देखि हैरानीमा परेको भए पनि अहिले आएर केही सहज भएको जडिबुटी संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनु भएको छ । हाल ४० क्वीन्टल जडिबुटी अध्यक्ष भण्डारीले पनि निकासी गरेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा हुम्ला जिल्लाबाट पाँच सय क्वीन्टल सेतक चिनी निकासी गर्न सकिने डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले बताउनु भएका छ । सिमकोटबाट हाल रोकिएको सेतक चिनीलाई तारा, समिट र सीता एयरले प्रतिकेजी साठी रुपियाँमा ढुवानी गर्दै आएका छन् भने सरकारलाई राजस्व पनि असुली भएको छ ।(गोरखापत्र दैनिक)

 

Comment