श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित

काठमाडौं १४ चैत्र ।  चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन् । 
 
चिया मजदूर सम्बद्ध सङ्गठन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । श्रमिकले ज्याला कार्यान्वयनसँगै सबै चिया श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नसमेत माग गरेका छन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम तय गरेका हुन्। उनीहरूले चैत १७ देखि सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्ने, त्यसै दिन दिउँसो झापा चन्द्रगढीमा विरोधसभा गर्ने भएका छन्। १८ र २० गते आफू काम गर्ने सबै एकाइमा औजारसहित विरोध प्रदर्शन गर्ने, १९ गते बिर्तामोडमा र चैत २१ मा काँकरभिट्टामा विरोधसभा गर्ने विज्ञप्तिमा उल्लेख छ। उनीहरुले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगान र कारखानामा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिक दैनिक रु २३१ र महँगी भत्ता रु १५४ कायम गर्न आन्दोलन गर्दै आएका छन् । श्रम ऐन कार्यान्वयनका लागि ट्रेड युनियनले गत असोज १० गते समेत चिया कारखाना बन्द गर्ने घोषणा गरेका थिए । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल बनाएको थियो । 
कार्यदलले चिया क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका चिया उद्योगी एवं मजदूरसँग छलफल गरी गत फागुन ३० गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । अखिल नेपाल चिया मजदूर सङ्घ इलामका अध्यक्ष उमेश रेग्मीले उद्योगीले मजदूरको माग सम्बोधन नगरेका कारण पुनः आन्दोलन गर्नु परेको बताउनु भएको छ । 

Comment