तरकारी तथा फलफूलहरूको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि नहटि पुर्व निर्णय कार्यन्वयन गर्न नेपाल कृषि मेशिनरी व्यवसायी संघको माग

काठमाडौं २७ असार । नेपाल कृषि मेशिनरी व्यवसायी संघले भारत तथा अन्य मुलुकबाट आयातित सबै तरकारी तथा फलफूलहरूको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि नहटि पर्व निर्णय कार्यन्वयन गर्न सरकारसंग माग गरेको छ । 
संघले नेपाल सरकारबाट हालै गरिएको निर्णय अनुसार भारत तथा अन्य मुलुकबाट आयात हुने  कृिषजन्य तरकारी तथा फलफुलहरुमा अनिवार्य विषादी परिक्षण गर्ने भनिएको र तत्काल उक्त निर्णय फिर्ता लिइएको प्रति संघको गम्भिर ध्यान आकार्षण भएको जनाएको हो। संघका अध्यक्ष्य स्वयम्भु कृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा सरकारको निणर्यले नेपालको संविधानले प्रत्याभुत गरेको जनताले स्वस्थ्य भई बाच्न पाउने अधिकार, खाद्य सुरक्षाको अधिकार, र आम उपभोक्ताको हित तथा संरक्षण माथि नै गम्भिर प्रश्न खडा भएको जनाएको छ । जनस्वास्थ्य संरक्षण, स्वस्च्छ व्यापार र कृषि उपजहरुको प्रवर्दनमा सहयोग पुग्ने महत्वपुर्ण निर्णयबाट सरकार पछि नहटि आवश्यक पुर्वाधार हरुको तयारी पुरा गरी पर्व निर्णय कार्यन्वयन गर्न र उक्त सकारात्मक कदमप्रति अडिक रहि आयात हुने तरकारी तथा फलफुलहरुमा विषादी र अखाद्य वस्तुको परिक्षण गरी आम जनताको स्वास्थ्य र जिवन रक्षाको लागी सरकारसंग अपिल गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Comment