दुहुना गाई डिडिसीमा नियुक्त सितलकाजीलाई फलामको चिउरा ।

काठमाडौ १४ पुस । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको संचालक समिति सदस्यमा नियुक्त भएका छन्।


श्रेष्ठलाई दुई वर्षको लागि विज्ञको रुपमा बोर्ड सदस्यमा नियुक्त गरिएको हो। भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर  श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन्।


भेटेरिनरी व्यवसायमा सक्रिय  श्रेष्ठ यस अघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आवद्ध थिए। उनले दुग्ध क्षेत्रको विकासमा संस्थानको भूमिका महत्वपूर्ण रहेको बताउँदै संस्थानलाई व्यवसायिक र गतिशिल बनाउन सहयोगी वातावरण तयार पार्ने प्रतिवद्धता जनाएका छन ।

यद्यपी डिडिसीमा जो कोही आएपनि डिडिसीलाई दुहुना गाई बनाउने प्रवृतिले जडो गाडि रहेको अवस्थामा डाक्टर श्रेष्ठले भने जस्तो सुधार गर्न फलामको चिउरा चपाउनु सरह हुने प्राय निश्चित छ । 

 

Comment