व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले उपलब्ध गराउँदै आएको अनुदान उपलब्धीविहीन बन्दै

काठमाडौं ५ बैशाख । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले उपआयोजना सञ्चालनका लागि उपलब्ध गराउँदै आएको अनुदान उपलब्धीविहीन बन्दै गएको छ।
व्यावसायिक कृषि प्रवद्र्धनका लागि भन्दै आयोजनाले  १ हजार २ सय १६ उपआयोजनालाई २ अर्ब १८ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। तर, आयोजनाले उपलब्ध गराएको कुल उपआयोजनाको १९ दशमलव १३ प्रतिशत अनुदान उपलब्धीविहीन बनेको हो। महालेखा परीक्षकको  ५६औँ वार्षिक प्रतिवेदनका अनुसार अनुदान उपलब्ध गराएको मध्ये सम्पन्न भएका उपआयोजना सञ्चालनमा रहे÷नरहेकोबारे परामर्शदाता मार्फत् अध्ययन भएको थियो । जसमा १ सय १५ उपआयोजनाको सञ्चालन अवस्थाबारे अध्ययन भएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘कुल उपआयोजना १ हजार २ सय १६ को ९.४५ प्रतिशत उपआयोजनाको स्थिति सर्भ हुँदा १९ दशमलव १३ प्रतिशत उपआयोजना सञ्चालनमा नरहेको पाइएको जनाएको छ । यसरी २ सय ३२ उपआयोजनालाई उपलब्ध गराइएको अुदान ४१ करोड ७६ लाख उपलब्धीविहीन भएको महालेखा परीक्षकको प्रतिवेदनको ठहर छ ।
यसैगरी, आयोजना कार्यान्वयनमा सहयोग समूहको कार्यालय, पोखराले उपआयोजनालाई उपलब्ध गराएकोमध्ये १५ वटा उपआयोजना सञ्चालनमा नरहेको पाइएको छ। अनुदान लिने तर, त्यसपश्चात कार्यक्रम छाड्ने प्रवृत्ति बढेको हो। पोखराले २ सय ५६ उपआयोजना सञ्चालनका लागि १ अर्ब ३० करोड ९२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको पाइएको छ। तर, त्योमध्ये ५७ करोड ५४ लाख भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ । ‘कार्यसम्पन्न भएका उपआयोजनामध्ये तरकारी, अदुवा, दूध प्रशोधनका १५ उपआयोजना सञ्चालनमा नरहेको पाइएको प्रतिवेदनमा  उल्लेख छ । भनिएको छ, ‘उपआयोजना नगर्नै अनुदानग्राही उपर उपआयोजना सञ्चालन निर्दे्शिका २०७० तथा सम्झौता अनुसार कारबाही गरी कार्यक्रम सञ्चालन प्रभावकारी बनाउनु पर्दछ।’विश्व बैंकको आर्थिक सहयोगमा नेपालमा २०६६ देखि सञ्चालन भइरहेको प्याक्ट आयोजना कृषि क्षेत्रमा नेपालको सबैभन्दा ठूलो आयोजना हो । प्याक्ट प्रोजेक्टको समय अवधि अहिले सकिसकेको छ ।( हलो खबर)

 

Comment