नेपालको सुनसरी, पर्सा र कपिलबस्तु गरी तिन जिल्लामा १÷१ वटा आधुनिक अन्न भण्डारण गृह निर्माण हुने

काठमाडौं १५ चैत्र । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले नेपालमा स्थापना गर्न गईरहेको ५५ हजार मेट्रिकटन क्षमताको व्यवसायिक अन्न भण्डारणको संचालनका लागि भारतको नेशनल कोलेटरल म्यनेजमेण्ट कम्पनीसँग प्राबिधिक सहकार्य हुने भएको छ । काठमाण्डौमा संचालन भइरहेको लगानी सम्मेलनमा दुबै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका छन् ।
यस नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले नेपालको सुनसरी, पर्सा र कपिलबस्तु गरी तिनैै जिल्लामा १÷१ वटा आधुनिक भण्डारण गृह निर्माण गर्ने भएको हो । पहिलो चरणमा धान, मकै, भटमास तथा दोस्रो चरणमा चामलको भन्डारण गर्ने लक्ष्य वेयर हाउजिङले दिएको छ । किसानले ल्याएको अन्नहरुलाई सफाई गरी उचित चिस्यानको व्यवस्थापन गरी, बैज्ञानिकतवरले सुरक्षित भण्डारण गर्नका साथै मण्डी र वेयरहाउजिङ्ग रसिद प्रदान गरी लगानीको बित्तियकरण गराई दिने समेतको योजन रहेको वेयर हाउजिङ कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
यस परियोजनाले बिभिन्न बैंकसँगको सझेदारीमा वेयरहाउजिङ्ग रसिदको सेवा उपलब्ध गराईने पनि जनाईएको छ । जस अन्तर्गत किसानले ल्याएको अन्नको उचित मूल्याङ्गन गरी किसानलाई रसिद प्रदान गरिने र किसानको अन्नको सुरक्षित भण्डारण गरिनेछ । किसानले सो रसिद कम्पनी कै हातामा रहेका बैंकमा बुझाई आफनो अन्नको मूल्यको ७०५ सम्मको कर्जा लिन सक्ने छन् । यसो गर्दा किसानले आफनो अन्नको उचित मूल्य नपाउनजेल सम्म बिक्रि गर्न बाध्य हुने छैनन । 
अन्नको व्यापारमा बिचौलियाहरुको प्रभाव न्यूनिकरण गर्ने, माईक्रो बैकिङ्गको सेवा प्रदान गर्ने, किसानको बित्तिय क्षेत्रको सेवाहरुमा पहँुच बढने, अन्न बजारको क्षमता बढने, किसानको बजार सम्मको पहुच बढने, किसानको आय आर्जनमा बृद्धि हुने अन्नको व्यापार र बजारीकरणमा अनुगमन गर्न सरकारलाई सरल र सहज हुने, अन्न एकत्रीकरणका माध्यमबाट परियोजना संचालन हुने जिल्ला र सो जिल्लासँग जोडिएका जिल्ला लगायत अन्य क्षेत्र समेतमा कृषि केन्द्रित औद्योगिक क्षेत्रको रुपमा बिकासमा मद्दत पु्याउने र सोहि अनुरुप सरकारलाई कृषक माँझ कृषिका कार्यक्रमहरु पु्याउन सहज र सरल हुने  यस परियोजनाका प्रमुख बिशेताहरु रहेका छन् । भारतको नेशनल कोलेटरल म्यानेजमेण्ट कम्पनी भारतमा अग्रणी अन्न व्यवस्थापन कम्पनी रहेको छ । भारतका बिभिन्न ८०० भन्दा बढी स्थानहरुमा यस कम्पनीले अन्न व्यवस्थापन सम्बन्धि अनेकौ सेवाहरु दिदै आएको छ । यस क्षेत्रमा यस कम्पनीको अनुभव र कार्य दक्षता यस प्राबिधिक सहकार्यका मार्फत नेपाल वेयरहाउजिङ्ग कम्पनी लि नेपालमा भित्रयाउने छ । यसका साथै नेशनल कोलेटरल म्यानेजमेण्ट कम्पनीले निकट भबिष्यमा नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमा लगानी गर्ने आसय ब्यक्त गरेको छ । (हलो खबर)

 

Comment